काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
१० साउन २०८३ ८:३७

काठमाडौं। काठमाडौंको सुन्दरीजल क्षेत्रबाट प्रहरीले ३० किलोग्राम अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

ग गएराति करिब १ बजेको समयमा बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा रोકી खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन्।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजा र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। प्रहरीले यस घटनामा लागुऔषध कारोबारको अन्य नेक्सस वा संलग्नताबारे गहिरो अनुसन्धान भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *