भोटेकोसीमा गाडी खसेपछिको खोजी तीव्रता: सुरक्षाकर्मीको हौसला बढाउन गृहमन्त्री घटनास्थलमा

डिसी नेपाल
१० साउन २०८३ १३:२९

काठमाडौं। शनिबार साँझ चालकसहित भोटेकोसी नदीमा खसेको विद्युतीय सवारीसाधन र चालकको खोजीमा खटिएका सुरक्षाकर्मीहरूलाई हौसला प्रदान गर्न गृहमन्त्री सुदन गुरुङ घटनास्थल पुगेका छन्।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार गृहमन्त्रीको स्थलगत निरीक्षणपछि १० वटा ड्रोन, गोताखोर टोली र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरूलाई खोजी कार्यमा थप तीव्रताका साथ परिचालन गरिएको छ।

दुर्घटनामा परेका सवारी चालक कालिका गाउँपालिका-३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङ रहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खोजी तथा उद्धार कार्य भइरहेको छ। यद्यपि, दुर्घटनास्थल गहिरो खोँचमा रहेको, नदीको पानी धमिलो भएको र किनारमा विशाल चट्टानहरू रहेकाले खोजी कार्य निकै चुनौतीपूर्ण बनेको समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *