दाङको घोराहीबाट ब्राउनसुगर र ५ लाख ६८ हजार नगदसहित तीन जना पक्राउ

डिसी नेपाल
१२ साउन २०८३ १०:३७

काठमाडौं। दाङको घोराहीबाट लागूऔषध ब्राउनसुगर र नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका-१५ न्युराेडबाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद रु. १६ हजारसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय सुदीप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देविका श्रेष्ठ रहेका छन्। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सो पदार्थसहित नियन्त्रणमा लिएको हो।

प्रहरीको थप अनुसन्धानका क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएको थियो। लगत्तै प्रहरीले महेन्द्रको घरमा तलासी गर्दा ब्राउनसुगरजस्तो देखिने पदार्थ ७७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद रु. ५ लाख ६८ हजार १७० फेला पारेपछि उनलाई समेत पक्राउ गरेको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *