नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

डिसी नेपाल
१२ साउन २०८३ १५:५६

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्यान्क्रियाटिक क्यान्सर सँग जुधिरहेका श्रेष्ठको मङ्गलवार ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।

श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपश्चात् शवयात्रासहित पशुपति आर्यघाटमा पुर्‍याएर वैदिक विधिअनुसार उनको दाहसंस्कार गरिने कार्यक्रम रहेको छ। हालै साउन ७ गते मात्रै कांग्रेस सभापति गगन थापाले उनलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरेका थिए।

स्याङ्जाबाट पटक-पटक प्रतिनिधि सभामा निर्वाचित श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका उनले २०३६ सालको जनमतसङ्ग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। आफ्नो लामो राजनीतिक यात्राका क्रममा उनी उपप्रधानमन्त्रीका साथै भौतिक योजना, वन, उद्योग, र शिक्षा मन्त्रीसमेत बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *