गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त
काठमाडौं । राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने बताएका छन्।
राष्ट्रपति पौडेलले श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रुपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको महसुस गरेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।
साथै, राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलीसहित दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment