मन्त्री यादवद्वारा ग्यास उद्योगहरूको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छन्। उनले आज काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी हुन्।
उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी छन्।
उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै आफूहरूले गरेको तर उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो समेत गरेका छन्।
मन्त्री यादवले ग्याँसको अभाव हुन नदिन ब्यबासायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्रथामिक्तमा राखि ग्याँसको बिक्री वितरण गर्न निर्देशन दिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment