संघीय संसद्का दुई संसदीय समितिको बैठक आज बस्दै, प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ हुने

डिसी नेपाल
१३ साउन २०८३ ७:२४

काठमाडौं। संघीय संसद् मातहतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने तय भएको हो।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। त्यसलगत्तै प्रस्तावित प्रमुख आयुक्त कार्कीलाई समितिमा आमन्त्रण गरी संसदीय सुनुवाइ गरिनेछ।

सो समितिको बैठक बिहान ११:१५ बजेका लागि बोलाइएको छ। यसअघि समितिले मङ्गलबार निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई आमन्त्रण गरेर सुनुवाइ गरिसकेको छ।

त्यस्तै, बिहान ११:०० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने ‘आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना’का सम्बन्धमा विस्तृत छलफल गरिने संसद् सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *