सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी, देशको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल

डिसी नेपाल
१४ साउन २०८३ १२:१४

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बैठक सुरु भएको हो।

बैठकमा विशेष गरी सुनसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको पछिल्लो हिंसात्मक झडप, देशका विभिन्न भागमा देखिएको साम्प्रदायिक तनाव तथा समग्र शान्ति-सुरक्षाको वर्तमान अवस्थाबारे गहन समीक्षा भइरहेको छ।

बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापतिलगायत परिषद्का सदस्य एवम् उच्चपदस्थ सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ।

संसद्‌मा प्रतिपक्षी दलहरूले सुनसरी घटना र देशको शान्ति-सुरक्षालाई लिएर सरकारको कडा आलोचना गर्दै स्पष्टीकरण माग गरिरहेका बेला प्रधानमन्त्री शाहले परिषद्को बैठक बोलाएका हुन्। बैठकले मुलुकमा शान्ति-सुव्यवस्था कायम राख्न, साम्प्रदायिक सद्भाव बिगार्ने तत्त्वहरूलाई नियन्त्रण गर्न र नागरिकको सुरक्षा सुदृढ बनाउन आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *