अनेसास कोलोरोडो च्याप्टरको रचना बाचनसँगै ‘मायाको नाकाबन्दी’ सार्बजनिक

डिसी नेपाल
१४ असोज २०७६ ११:५८

कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव गठित कार्यकारिणी समितीको आयोजनामा भ्यु पोइन्ट क्लब हाउस थ्रोण्टोनमा गरिएको पहिलो रचना वाचन कार्यक्रमको अवसर पारेर आचार्य प्रभाको गीति संगालो ‘मायाको नाकाबन्दी’ विमोचन भएको छ।

अनेसासका बर्तमान अध्यक्ष तारा अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा पुर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम विश्वकर्मा, बोर्ड अफ ट्रष्टीका सदस्य डा. बिजय राज शर्मा, गीतकार साबू गदाल, कोलोराडो च्याप्टरका निबर्तमान अध्यक्ष्य कृष्ण मुरारी ढुँगेल, सामाजसेवी तथा व्यवसायी रमेश गुरुङ र अनेसास कोलोराडो च्याप्टरकै निबर्तमान अध्यक्ष्य आचार्य प्रभा सहभागी थिए।

किरण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष्य मिना पौडेलले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रमको पहिरो चरणमा रचना वाचन गरिएको थियो भने दोश्रो चरणमा गीतकार आचार्य प्रभाको ‘मायाको नाकाबन्दी’गीति संग्रहलाई सम्पूर्ण अतिथिहरु र च्याप्टरकी अध्यक्ष्य तारा अधिकारीको बाहुलीबाट सार्वजनिक गरिएको थियो।

फेरि कार्यक्रमको अर्को भागमा रचना वाचन नै गरिएको थियो। रचना बाचनलाई केहीक्षण बिट मारेर गीतकार ज्ञानेन्द्र गदालज्युले ‘मायाको नाकाबन्दी’ र सर्जकको बिषयमा केहि चर्चा गरेका थिए। सोही अवसरमा सर्जक आचार्य प्रभाले पनि आफ्नो सृजना र संग्रहका बारेमा खुलासा गरेकी थिईन् । सोही अवसरमा अनेसास, कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष कृष्णमुरारी ढुङेलले वर्तमान च्याप्टरकी अध्यक्ष तारा अधिकारिलाई पूर्व समितिद्वारा प्रकाशित स्मारिका प्रदान गरेका थिए।

उक्त कार्यक्रममा कोलोराडोबासी सम्पूर्ण साहित्यप्रेमीहरुको उपस्थितिले भरिएको थियो। कार्यक्रममा रचना बाचन गर्नेहरुमा किरण अधिकारी, छवि रसाईली, राम प्रसाद मरासैनी, निर्मला अर्याल, साबु गदाल कार्की, ज्ञानेन्द्र गदाल, डा. बिजय राज शर्मा, प्रमिला शर्मा, देव भट्टराई, राजु सिटौला, केशब आचार्य, निर्मल प्याकुरेल, कृष्ण मुरारी ढुंगेल, आचार्य प्रभा, पदम बिश्वकर्मा, रमेश गुरुङ, बासुदेव खनाल, समिर आचार्य, दामोदर लुइंटेल, लाल प्रसाद चौंलागाईं, हरिराम अधिकारी, गीत गायनमा मनोज काजी तुलाधर, ईन्दिरा रेग्मी, लाल प्रसाद चौलागाईं, रमेश कोईराला र हरी अधिकारी लगाएत सहभागी थिए ।

सोही कार्यक्रममा अ.ने.सा.स. पुर्व केन्द्रिय अध्यक्ष्य तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम बिश्वकर्माले आफ्नो रचना बाचनको क्रममा सर्जक आचार्य प्रभाको अ.ने.सा.स. कोलोराडोप्रतीको योगदान र लेखन समर्पणबारे आफ्नो मन्तब्यमा प्रकाश पारेका थिए । कार्यक्रमको अन्त्यमा धन्यबाद ज्ञापन गर्दै संस्थाकी अध्यक्ष्य तारा अधिकारीले कार्यक्रम बिसर्जन गराएको जानकारी दिए।

कार्यक्रमको अन्तिम चरणमा आचार्य प्रभाको गीत संग्रह ‘मायाको नाकाबन्दी’ केहि पुस्तकहरु संस्थाको सहयोग स्वरुप बिक्रीमा राखिएको थियो। सोही बेला केही पुस्तकहरु बिक्रि भएर नगद कोषाध्यक्ष्यलाई जिम्मा लगाईएको थियो भने संस्थाको सहयोग स्वरुप पदम बिश्वकर्माले २ सय डलर, र डा विजय राज शर्माले एक सय डलर प्रदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *