कर्फ्यु प्रभावित धनुषा र सिरहामा बिहान १० बजेसम्म अत्यावश्यक खरिदको सुविधा
जनकपुरधाम। धनुषा र सिरहा जिल्लाका विभिन्न भागहरूमा जारी कर्फ्यु आदेश अझै कायम छ। यद्यपि, स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले बिहान ५:०० बजेदेखि १०:०० बजेसम्म बाहिर निस्कने अनुमति दिएको छ।
कर्फ्यु जारी रहे पनि सर्वसाधारणको जीवनरक्षा र दैनिक आवश्यकतासँग जोडिएका आपत्कालीन सेवाहरू भने निर्वाध रूपमा सञ्चालन हुनेछन्।
यसअन्तर्गत अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहनका साथै हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, अनि पानी र दूध बोक्ने सवारी साधनहरू निरन्तर सञ्चालनमा रहनेछन्।
त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री र बिरामीहरूलाई आ-आफ्नो परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ। विमानस्थलतर्फ जाने वा फर्किने यात्रुहरूले भने आफ्नो हवाई टिकट देखाएर सहजै यात्रा गर्न सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment