बूढानीलकण्ठमा प्रहरीमाथि खुकुरी हान्न खोजेपछि तीन राउण्ड गोली चल्यो
काठमाडौं। काठमाडौंको बूढानीलकण्ठबाट सिक्री लुटपाट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा लुटपाट गरी भागेका कर्मा तामाङलाई गएराति पक्राउ गर्ने क्रममा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली चलाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको थियो।
गोली लागेर घाइते भएका तामाङको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी अन्य विभिन्न आपराधिक घटनाहरूमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment