सुनकोशीमा बेपत्ताकारको खोजीका लागि गोताखोर परिचालन

डिसी नेपाल
१८ साउन २०८३ १५:५६

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार र त्यात सवार चार जनाको खोजीका लागि गोताखोरसहितको सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त कारलाई विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोर टोली तथा नेपाल प्रहरीको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ।

दुर्घटनामा परेर कारमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अन्य दुई गरी चार जना बेपत्ता भएका छन्। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *