समाज कल्याण परिषद्ले खोल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला

डिसी नेपाल
२० साउन २०८३ १३:५५

काठमाडौं। समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित ‘काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय’मा लगाएको ताला खोलेको छ। परिषद् र पुस्तकालय व्यवस्थापन पक्षबीच मङ्गलबार पुस्तकालय पुनः सञ्चालनमा ल्याउने सहमति भएसँगै बुधबार औपचारिक रूपमा ताला खोलिएको हो।

परिषद्ले भाडा बापतको बक्यौता रकम भुक्तानी नगरेको जनाउँदै गत चैत ३ गते पुस्तकालयमा तालाबन्दी गरेको थियो। लामो समयसम्म पुस्तकालय बन्द हुँदा अध्ययनका लागि नियमित आउने विद्यार्थी, अनुसन्धानकर्ता तथा आम पाठकहरू प्रभावित भएका थिए।

दुवै पक्षबीच बक्यौता रकम व्यवस्थापन र पुस्तकालय सञ्चालनलाई निरन्तरता दिने विषयमा सहमति जुटेपछि पुस्तकालय पुनः नियमित पठनपाठन र पठन संस्कृतिको प्रवर्द्धनका लागि खुला भएको छ। ताला खोलिएसँगै अब सर्वसाधारणका लागि पुस्तकालयका सेवाहरू यथावत् रूपमा सञ्चालनमा आउने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *