पूर्वसचिव महेश्वर न्यौपाने साढे चार लाख धरौटीमा रिहा

डिसी नेपाल
२० साउन २०८३ १९:३२

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा तत्कालीन पर्यटन सचिव तथा पूर्वसचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, तथा सदस्यहरू उ उमेश कोइराला र विदुर कोइरालाको इजलासले न्यौपानेसँग उक्त रकम धरौटी माग गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको दाबी गर्दै उनीमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *