पाकिस्तानमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोही पुरबहादुर गुरुङको पार्थिव शरीर आज काठमाडौं ल्याइँदै
काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कुल कमिटीका सदस्य पुरबहादुर गुरुङ ‘युक्ता’ को पार्थिव शरीर आज काठमाडौं ल्याइने भएको छ।
पर्वतारोहणका क्रममा गत बुधबार पाकिस्तानमा गएको हिमपहिरोमा परी गुरुङको निधन भएको थियो।
नेपाल पर्वतारोहण संघका अनुसार मृतक गुरुङको पार्थिव शरीर आज साँझ ४:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइनेछ।
विमानस्थलबाट पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साँझ ५:३० बजे नक्साल, नागपोखरीस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिने कार्यक्रम रहेको छ।
मृतक गुरुङको अन्त्येष्टि भोलिपल्ट बिहान ९:०० बजे स्वयम्भूमा गरिने संघका महासचिव राजेन्द्रबहादुर लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment