बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

डिसी नेपाल
२३ साउन २०८३ १६:१९

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकको नालामा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।

त्यस्तै, सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। हाइसमा चालकसहित १४ जना सवार रहेकोमा दुर्घटनामा चार जना घाइते भएका हुन्।

दुर्घटनापछि हाइस चालक मोरङको बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेको हाइस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *