कर्णाली मन्त्रिपरिषद् विस्तारको तयारी: एमाले र नेकपा सहमति नजिक
कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार नै नयाँ मन्त्रिपरिषद्को विस्तार गरिने उनले स्पष्ट पारेका छन्।
रासससँगको सङ्क्षिप्त कुराकानीका क्रममा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारका विषयमा प्रदेश स्तरमा निरन्तर छलफल जारी रहेको र दुवै दल सहमतिको अन्तिम चरणमा पुगिसकेको जानकारी दिए। केही दिनभित्रै मन्त्रिपरिषद् विस्तारको काम सकिने उनको भनाइ छ।
देशका सातै प्रदेशमा दुवै दलबीच भएको तीनबुँदे सहमतिका आधारमै अघि बढ्नुपर्ने भएकाले कर्णालीमा मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको भए पनि यसले सरकारको दैनिक कामकारबाहीमा भने कुनै असर नपुर्याएको मुख्यमन्त्री शाहीले दाबी गरे।
गत साउन १२ गते नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले दुवै दलको समझदारी र सहकार्यमा प्रदेश सरकारलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment