वनस्थलीमा डिडिसीको आठौं बिक्री केन्द्र सञ्चालनमा
काठमाडौं। दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्ताहरूलाई संस्थानका गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो।
बिक्री केन्द्रको उद्घाटन गर्दै डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादनहरू उपभोक्तासम्म सर्वसुलभ तरिकाले पुर्याउन बिक्री केन्द्रहरूको विस्तारलाई तीव्रता दिइएको बताए।
यस किसिमको विस्तारले एकातिर उपभोक्तालाई एउटै स्थानबाट विभिन्न दुग्धजन्य पदार्थ खरिद गर्ने सुविधा पुग्नेछ भने अर्कोतिर किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित भई स्वदेशी उत्पादनको खपत बढाउन ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।
उपभोक्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनहरूमा पनि उपत्यकाका अन्य सम्भावित स्थानहरूमा थप बिक्री केन्द्र विस्तार गरिने योजना डिडिसीले बनाएको छ।
वनस्थलीमा नयाँ केन्द्र थपिएसँगै डिडिसीका बिक्री केन्द्रको सङ्ख्या आठ पुगेको छ। संस्थानले यस कदमलाई किसानको उत्पादनको प्रवर्द्धन र उपभोक्तालाई गुणस्तरीय स्वदेशी दुग्धजन्य पदार्थ उपलब्ध गराउने प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment