लगातार बढ्दै सुनचाँदीको मूल्य: सुन तोलाको ३ लाख १ हजार ७ सय पुग्यो

डिसी नेपाल
२४ साउन २०८३ १२:०३

काठमाडौं। नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्यमा लगातार वृद्धि भइरहेको छ। गत बुधबारदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार (साउन २४) सम्म आइपुग्दा तोलामा ३ लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि गत शुक्रबार तोलामा ९०० रुपैयाँले बढेर सुन २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, गत बिहीबार ८ हजार रुपैयाँ र बुधबार ४ हजार २०० रुपैयाँले सुनको मूल्य बढेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि गत शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *