२०२१ का लागि अमेरिकी डीभी चिठ्ठा खूल्यो, राहदानी नम्बर नभए भर्न नपाईने

डिसी नेपाल
१५ असोज २०७६ १०:४३

काठमाडौँ । अमेरिकाले सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुल्ला गरेको छ।

अमेरिकाले आज अक्टुबर २ तारिख बाट आगामी ५ नोभेम्बर २०१९ सम्मका लागि अनलाईन मार्फत आवेदन खुल्ला गरेको हो ।

डिभी भर्नका लागि  https://occupygh.com/us-dv-lottery-2021 मा गएर नि:शुल्क रुपमा भर्न सकिने छ ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा दिने जनाएको छ ।

यसअघिका शर्तहरु यगावत राख्दै यस वर्ष अमेरिकाले डिभी भर्नका लागि राहदानी नम्बर, जारी गरिएको देश र राहदानीको म्याद अवधी चाहिने अनिवार्य व्यवस्था गरको छ । तर डिपेन्टेन्टमा जानेका लागि भने यो प्रक्रिया आवश्यक छैन।


No ads found for this position

प्रतिक्रिया

One thought on “२०२१ का लागि अमेरिकी डीभी चिठ्ठा खूल्यो, राहदानी नम्बर नभए भर्न नपाईने

Leave a Reply

Your email address will not be published. Required fields are marked *