रास्वपाद्वारा ३७ देशमा ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन, कहाँ को भए प्रमुख? (सूचीसहित)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको चार वर्षभित्रै विदेशमा आफ्नो सङ्गठन विस्तार गर्दै विश्वका ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ।
पार्टीले एसिया, मध्यपूर्व, युरोप, अमेरिका तथा ओसिएनिया क्षेत्रका विभिन्न देशहरूमा विभाग गठन गरी नेतृत्वसमेत चयन गरेको हो।
विभाग गठन भएका देशहरूमा अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, मलेसिया, भारत, थाइल्यान्ड, माल्दिभ्स, ओमान, कुवेत, कतार, इजरायल, साउदी अरेबिया, युएई र बहराइन रहेका छन्।
यस्तै अमेरिका, क्यानडा, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, अस्ट्रिया, लक्जमबर्ग, डेनमार्क, स्विट्जरल्यान्ड, फिनल्यान्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा, रोमानिया, स्वीडेन, हंगेरी, नर्वे, फ्रान्स, पोल्यान्ड, सेसेल्स र आयरल्यान्डमा पनि प्रवास नेपाली सम्पर्क विभाग गठन गरिएको छ।
कुन देशमा को भए प्रमुख?
-
अस्ट्रेलिया: डा. कृष्णकान्त पौडेल
-
न्युजिल्यान्ड: अशोक कँडेल
-
दक्षिण कोरिया: युविन श्रेष्ठ
-
हङकङ: जेबी गुरुङ
-
मकाउ: उदित खत्री
-
मलेसिया: नेत्र केसी
-
जापान: दीपक केसी
-
भारत: अर्जुन भण्डारी
-
थाइल्यान्ड: प्रकाश सुवेदी
-
माल्दिभ्स: प्रवीन कार्की
-
ओमान: पदम आले
-
कुवेत: ईश्वर भण्डारी
-
कतार: अब्दुल करिम
-
इजरायल: दुर्गा चापागाईं
-
साउदी अरेबिया: भूपाल भण्डारी
-
युएई: सुजन थापा
-
बहराइन: चिरञ्जीवी पाण्डे
-
अमेरिका: चेतराज उपाध्याय
-
क्यानडा: कुमार उप्रेती
-
नेदरल्यान्ड्स: अञ्जन गुरुङ
-
अस्ट्रिया: विकास कार्की
-
नर्वे: जीवन उप्रेती
-
फ्रान्स: कविन्द्र कायस्थ
-
बेल्जियम: कृष्ण दाहाल
-
स्पेन: विकास लामा
-
लक्जमबर्ग: जितु थापा
-
डेनमार्क: शशी ढकाल
-
स्विट्जरल्यान्ड: रेशम खत्री
-
पोल्यान्ड: विदुर शर्मा
-
फिनल्यान्ड: रुक्मिणी भट्टराई
-
साइप्रस: मीना कार्की
-
जर्मनी: अमृत पौडेल
-
पोर्चुगल: नर फगामी
-
माल्टा: राजेन्द्र भण्डारी
-
रोमानिया: असीम दियाली
-
सेसेल्स: प्रदीप सापकोटा
-
आयरल्यान्ड: अभेद्यपाणी गौतम
No ads found for this position

डिसी नेपाल
Facebook Comment