थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय पक्राउ

डिसी नेपाल
२७ साउन २०८३ १६:१६

काठमाडौं। थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। उनीहरू क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत बैंककबाट हङकङ हुँदै काठमाडौं ओत्रेका थिए।

कानुनको दायराबाट बच्न उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमै लगेज छोडेर पछि नेपाली एजेन्टमार्फत रिसिभ गर्ने योजना बनाएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *