दुर्गा र धवलको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता गरिदै
काठमाडौं। दुर्गा प्रसाई र डा. धवलशमशेर राणाले खोल्न लागेको नयाँ ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुने भएको छ।
पार्टी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार दल दर्ता गरिने डा. धवलशमशेर राणाले जानकारी दिएका छन्। दल दर्ताको कार्यक्रम शुक्रबार दिउँसो १२: १५ बजे निर्वाचन आयोग, कान्तिपथमा हुने जनाइएको छ।
राणाले नयाँ दलमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दल दर्ताको कार्यक्रममा उपस्थित भएर उत्साह थप्न आग्रह गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment