रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रम स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने भनिएको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ।
पार्टी सहमहामन्त्री निशा डाँगीका अनुसार समय अभावका कारण उक्त प्रशिक्षण कार्यक्रम हाललाई स्थगित गरिएको हो।
ललितपुरको गोदावरीमा पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्ने लगायतका विषयमा प्रशिक्षण दिने तयारी गरिएको थियो। यसअघि पनि रास्वपाले २०८२ चैत ३ र ४ गते ललितपुरको होटल टुलिप तथा वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment