पहिरोबाट अलपत्र परेकाको तत्काल उद्धार र राहत दिन प्रचण्डको आग्रह

डिसी नेपाल
२८ साउन २०८३ १३:५८

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमसहित मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण अलपत्र परेका यात्रुहरूको तत्काल उद्धार गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संयोजक प्रचण्डले अविरल वर्षा र पहिरोले सडक अवरुद्ध हुँदा आम नागरिकको जनजीवन प्रभावित बनेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

उनले विपद् प्रभावितहरूको शीघ्र उद्धार, घाइतेहरूको उचित उपचार र पीडित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

यस्तै, रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रचण्डले पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *