व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

डिसी नेपाल
२९ साउन २०८३ १०:१९

काठमाडौं। नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस जस्ता व्यावसायिक प्रतिष्ठानहरूलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ। बिहीबार एक सूचना जारी गर्दै निगमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन अनावश्यक भण्डारण नगर्न सचेत गराएको हो।

साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको र गत असार ३१ गतेदेखि नै १४.२ किलोग्रामका भरिएका सिलिन्डर सहज रूपमा बजारमा पठाइएको निगमले स्पष्ट पारेको छ।

यद्यपि, सर्वसाधारण उपभोक्ताले बजारमा सहजै ग्यास पाउन नसकेको गुनासो बढेपछि निगमले आफ्नो ध्यान गम्भीर रूपमा आकर्षित भएको जनाएको छ।

निगमको द्रुत प्रतिकार्य (क्विक रेस्पोन्स) डेस्कमा प्राप्त उजुरी र सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही ठूला होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसहरूले आवश्यकताभन्दा अत्यधिक ग्यास सिलिन्डर थुपारेर राखेको भेटिएको थियो।

सोही अनुगमनका आधारमा निगमले त्यस्ता व्यावसायिक प्रतिष्ठानहरूलाई अनावश्यक भण्डारण नगर्न र पहिले नै मौज्दात राखिएका ग्यास सिलिन्डरहरू तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन कडा निर्देशन दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *