नाइमा मोबिलिटी एक्स्पोको अन्तिम दिन दर्शकको घुइँचो, डेढ लाखभन्दा बढीले गरे अवलोकन

डिसी नेपाल
३१ साउन २०८३ १२:४२

काठमाडौं। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा गत साउन २६ गतेदेखि सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज आइतबार (साउन ३१ गते) दर्शकहरूको उल्लेख्य उपस्थितिबीच समापन हुँदैछ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको ६ दिने यस मेलामा पाँचौँ दिनसम्म आइपुग्दा आयोजकले लक्ष्य राखेभन्दा बढी अर्थात् १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताहरूले सहभागिता जनाइसकेका छन्।

विशेषगरी आउँदो चाडपर्वलाई लक्षित गरी आयोजना गरिएको यस बृहत् प्रदर्शनीमा ५५ भन्दा बढी प्रख्यात ब्रान्डका दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन्।

नेपालमा दिगो, वातावरणमैत्री र प्रविधियुक्त यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस एक्स्पोमा ५३ भन्दा बढी नयाँ मोडलका सवारीसाधनहरू सार्वजनिक गरिएका छन्।

प्रदर्शनीमा २९ वटा चारपाङ्ग्रे र १८ वटा दुईपाङ्ग्रे ब्रान्डका नयाँ मोडलहरू मुख्य आकर्षणका रूपमा रहेका छन्, जसमध्ये २० लाखदेखि ३ करोड ५० लाख रुपैयाँसम्मका विद्युतीय सवारीहरूमा अवलोकनकर्ताको सर्वाधिक चासो देखिएको छ।

ग्राहकहरूले सवारीसाधनको ब्याट्री क्षमता, रेन्ज, मोटर, बिक्रीपछिको सेवा र ब्याट्री वारेन्टीजस्ता प्राविधिक पक्षमा बढी चासो राखेका छन् भने विभिन्न कम्पनीहरूले नगद छुट, एक्सचेन्ज बोनस र विशेष चाडपर्व अफरहरूमार्फत ग्राहकलाई आकर्षित गरिरहेका छन्।

(तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

+


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *