चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ चार घण्टापछि नियन्त्रणमा

डिसी नेपाल
३१ साउन २०८३ १३:२७

चितवन। चितवनको राप्ती नगरपालिकाको बस्तीमा पसेर आतंक मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।

राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा आइतबार बिहान साढे ६ बजे अचानक बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए।

बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी र दिला कुमारी तामाङको एउटा गाई घाइते भएका छन्। घाइते अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ।

घटनालगत्तै स्थानीय प्रशासन र निकुञ्जलाई खबर गरिएपछि हात्ती र प्राविधिक टोली घटनास्थलमा खटिएको थियो। टोलीले अथक प्रयासपछि बिहान साढे १० बजे बाघलाई ‘डार्ट’ गरी बेहोस बनाएर नियन्त्रणमा लिएको निकुञ्ज प्रशासनले जनाएको छ।

बस्तीमा त्रास फैलाएको बाघ नियन्त्रणमा आएसँगै स्थानीयवासीले राहतको सास फेरेका छन् भने नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *