सुदूरपश्चिम भ्रमणका क्रममा मन्त्री सुनिल लम्साल बिरामी, सुर्खेतबाट हेलिकप्टर बोलाइयो
बैतडी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अचानक बिरामी परेका छन्। शनिबार दार्चुला हुँदै बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि गोठालापानीमै आराम गरिरहेका मन्त्री लम्सालको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले गरेका थिए। चिकित्सक उपाध्यायका अनुसार उनलाई भाइरल ज्वरो र रुघाखोकीको सामान्य समस्या देखिएको छ।
स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मन्त्री लम्साललाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडीतर्फ उडिसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment