आजको विदेशी मुद्राको विनिमय दर: कुन देशको रुपैयाँ कति?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३९ पैसा र बिक्री दर १५२ रुपैयाँ ९९ पैसा कायम भएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ २८ पैसा र बिक्री दर १७६ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ २३ पैसा र बिक्री दर २०७ रुपैयाँ ०४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ४१ पैसा र बिक्री दर १८८ रुपैयाँ १४ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ९५ पैसा र बिक्री दर १०८ रुपैयाँ ३८ पैसा निर्धारण हुँदा क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ८३ पैसा र बिक्री दर ११० रुपैयाँ २६ पैसा रहेको छ।
सिङ्गापुर डलरको खरिद दर ११९ रुपैयाँ १२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५९ पैसा, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ६० पैसा र बिक्री दर २२ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।
गन्तव्य मुलुकहरूतर्फ साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ ५९ पैसा र बिक्री दर ४० रुपैयाँ ७५ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ ८२ पैसा र बिक्री दर ४१ रुपैयाँ ९८ पैसा तथा युएई दिरामको खरिद दर ४१ रुपैयाँ ४९ पैसा र बिक्री दर ४१ रुपैयाँ ६५ पैसा रहेको छ।
मलेसियन रिङ्गेटको खरिद दर ३७ रुपैयाँ ३० पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ७६ पैसा र बिक्री दर १० रुपैयाँ ८० पैसा, कुवेती दिनारको खरिद दर ४९५ रुपैयाँ ९८ पैसा र बिक्री दर ४९७ रुपैयाँ ९३ पैसा, बहराइन दिनारको खरिद दर ४०४ रुपैयाँ २१ पैसा र बिक्री दर ४०५ रुपैयाँ ८० पैसा तथा ओमानी रियालको खरिद दर ३९५ रुपैयाँ ८० पैसा र बिक्री दर ३९७ रुपैयाँ ३६ पैसा तोकिएको छ।
यस्तै थाइ भाटको खरिद दर ४ रुपैयाँ ६० पैसा र बिक्री दर ४ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ९९ पैसा र बिक्री दर १६ रुपैयाँ ०६ पैसा, डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ५९ पैसा र बिक्री दर २३ रुपैयाँ ६८ पैसा, हङकङ डलरको खरिद दर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा तथा भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र यो दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment