कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

डिसी नेपाल
१ भदौ २०८३ २२:०८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज सम्पन्न भएको छ।

बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरुद्वारा उठाइएका विषयमा सभापति गगनकुमार थापाले स्पष्ट पारेका छन्।

केन्द्रीय कार्यसमितिद्वारा पारित गरिएका निर्णयहरू मङ्गलबार अपरान्ह ३ बजे पार्टीका प्रवक्ता देवराज चालिसेमार्फत् पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।

आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सह–महामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला संग्रौला पन्त, कर्णबहादुर बुढा, मुक्ताकुमारी यादव तथा केन्द्रीय सदस्यद्वय विनोदकुमार चौधरी र प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले आ–आफ्नो धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *