सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका नेता समेत रहेका भट्ट यसअघि एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज नै विश्वासको मत लिने महत्त्वपूर्ण निर्णय गरेका हुन् । उनले मंगलबार नै प्रदेश सभा सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन औपचारिक आग्रह गरेका थिए । उनको सोही पत्रका आधारमा आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन् ।
आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यस पश्चात् उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राख्नेछन् र त्यसपछि मात्रै औपचारिक रूपमा मतदानको प्रक्रिया अघि बढ्नेछ ।
हाल सुदूरपश्चिम प्रदेश सभाको अंकगणित हेर्दा मुख्यमन्त्री भट्ट नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, नेपाल कम्युनिस्ट पार्टी एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना गरी कुल प्रदेशसभा सदस्यहरू कायम रहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment