कांग्रेसले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने

डिसी नेपाल
३ भदौ २०८३ १४:०६

काठमाडौं। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिँदै आएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको हो।

कांग्रेससँगको सहकार्य टुटेसँगै कोशी प्रदेशमा नेकपा एमाले र नेकपा नेतृत्वको सरकार सञ्चालनमा रहेको छ। पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दै कांग्रेस संसदीय दलले सरकारलाई दिएको समर्थन कायम राख्नुको औचित्य नरहेको निष्कर्ष निकालेको हो।

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको छ। उनका अनुसार अब नेपाली कांग्रेसले प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहनेछ।

तामाङले कांग्रेसले सरकारका कामकारबाहीलाई रचनात्मक रूपमा निगरानी गर्दै संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। सरकारका जनहितकारी काममा आवश्यक सहयोग गर्दै गलत निर्णय र गतिविधिको भने संसद्बाटै खबरदारी गर्ने कांग्रेसको तयारी छ।

समर्थन फिर्ता लिएसँगै कोशी प्रदेशको सत्ता समीकरण थप चुनौतीपूर्ण बन्ने देखिएको छ। कांग्रेसको निर्णयपछि प्रदेश सरकारको राजनीतिक स्थायित्व र आगामी सत्ता समीकरणबारे थप बहस सुरु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *