सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकबाट उनले बहुमतसहित विश्वासको मत हासिल गरेका हुन्।
मुख्यमन्त्री भट्टको पक्षमा कुल ३१ प्रदेशसभा सदस्यले मतदान गरेका छन्। उनको पक्षमा नेकपाका २० र नेकपा (एमाले) का ११ सांसदले मतदान गरेका हुन्।
यता, विपक्षमा भने १५ मत खसेको थियो, जसमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ सांसदको विपक्षमा मतदान गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment