नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् बैठकबाट रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय भए पनि बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनको नियुक्तिबारे जानकारी दिइएको थिएन।
रावल हाल नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment