रास्वपा केन्द्रीय सदस्यहरूका लागि दुई दिने कार्यशाला सुरु

डिसी नेपाल
६ भदौ २०८३ १४:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समितिका सदस्यहरूका लागि ‘नीति, संगठन र नेतृत्व’ (रास्वपा कार्यशाला), श्रृंखला-१ काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु भएको छ।

शनिबार र आइतबार दुई दिन हुने कार्यशालामा अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गर्ने बताइएको छ ।

त्यस्तै कार्यशालामा अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरुका बारेमा बोल्ने छन् भने महामन्त्री विपिन आचार्यले पार्टीको आधारभूत मुल्य मान्यता, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटको रुपरेखा बारे प्रस्तुति दिने कार्यतालिका रहेको छ।

त्यस्तै कार्यशालामा बजेट निर्माणका विज्ञानिक प्रक्रिया र पार्टी र सरकारको अन्तर सम्बन्ध, समस्या र समाधानका उपाय बारे समेत प्रस्तुति हुने बताइएको छ।

साथै दोस्रो दिन पार्टीको सांगठानिक संरचना, मिडिया र सोसल मिडियाको प्रयोग, राजनीतिज्ञको रुपमा एआईको प्रयोग गर्ने तरिका, २१औ शताब्दीमा राजनीतिक पार्टीको निर्माण लगायतका विषयमा प्रस्तुति हुने बताइएको छ। त्यस्तै आइतबार समापनका क्रममा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यतालिका रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *