आज बस्न सकेन बागमती प्रदेश सभा, भोली ४ बजेका लागि सारियो
हेटौंडा। बागमती प्रदेश सभाको बैठक आजका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयले विशेष कारणवश बैठक बस्न नसकेपछि सभामुखले बैठक भोली अपराहन्न ४ बजे बस्ने भएको छ।
नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूचीसहित सोमबार दिउँसो १ बजे बैठक बोलाइएको थियो। त्यसपछि बैठकको साँझ ५ बजे र फेरी राति ८ बजेका लागि सारिएको थियो।
सरकारलाई समर्थन दिएको राप्रपा र सत्तारुढ दल एमाले र नेकपामा समेत विवाद भएपछि आजको बैठक बस्न नसकेको बुझिएको छ। सत्तागठबन्धनको दल नेकपाका केहि सांसदहरुले समेत असन्तुष्टि जनाउदै प्रदेश सभा बैठकमा अनुपस्थित हुने चेतावनी दिएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment