विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु

डिसी नेपाल
९ भदौ २०८३ १८:२९

हेटौडा। नेपाली कांग्रेससहितका दलले बागमती प्रदेशसभाको बैठक बहिष्कार गरेका छन्।

केहीबेर अघि शुरु भएको प्रदेश सभा बैठक नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसदहरूले बहिष्कार गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने कार्यसूची अनुसार शुरु भएको बैठक विपक्षी दल बिना नै सुरु भएको छ।

एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ। काँग्रेससहितका दलहरुले मुख्यमन्त्री नियुक्तिको विषय अदालतमा पुगेकाले अदालतबाट विवाद टुंगो नलागेसम्म प्रदेश सभा स्थगित गर्नुपर्ने माग राखेका थिए। तर सत्तापक्षले विपक्षी दल बिना नै प्रदेश सभा संचालन गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *