घट्यो सुनको मूल्य

डिसी नेपाल
१० भदौ २०८३ ११:३८

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक सयले घटेर तोलाको ३ लाख २२ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४९०० मा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *