नेप्सेमा भारी गिरावट : ३५ अंकले घट्दा ४ अर्ब ७७ करोडको कारोबार, सबै उपसमूह राताम्मे
काठमाडौं। नेप्सेमा आज पनि गिरावट आएको छ। आज बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४८ कम्पनिका एक करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपरा हेवाखोला हाइड्रोको शेयर १०.४३ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी रसुवागढी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै आज सबै भन्दा बढी चिलिमे हाइड्रो पावरको २० करोड ५६ लाख बराबरको कारोबार भएको छ भने सानिमा मिडल तामोरको १९ करोड ३२ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment