प्रधानमन्त्री बालेन शाहलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

डिसी नेपाल
१० भदौ २०८३ १६:४४

काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाहालले इन्स्टाग्राममा स्टाटस लेख्दै प्रधानमन्त्री शाहलाई आगामी भदौ २३ गते ‘सिध्याइदिने’ भनी धम्की दिएका थिए। उनले सोही पोष्टमा नेपाल प्रहरीलाई समेत ट्याग गर्दै गालीगलौज गरेका थिए।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दाहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको खुल्न आएको छ। सामाजिक सञ्जालको दुरुपयोग गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको र सुरक्षा निकायलाई समेत चुनौती दिएको विषयमाथि अहिले साइबर ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *