सरकारी कोषमा रकम थुप्रे पनि बाढीपीडित जनता भोकभोकै छन् : केपी शर्मा ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपीडितका लागि सरकारी कोषमा पर्याप्त राहत र रकम जम्मा भए पनि प्रभावित नागरिकहरू अझै भोकभोकै बस्न बाध्य भएको बताएका छन्।
सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले बागमती र उपत्यका (राजधानी) प्रदेश कमिटीले सङ्कलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले सरकारको सुस्तताका कारण राहत सामग्री पीडितसम्म पुग्न नसकेको आरोप लगाए।
‘केन्द्र सरकारको कोषमा पैसा र राहत सामग्री जम्मा भएको छ, तर जनता भोकै छन्; राहत तल्लो तहसम्म पुग्न पाएको छैन,’ ओलीले भने, ‘यो अव्यवस्थित स्थितिलाई अन्त्य गर्दै पीडितसम्म अविलम्ब राहत पुर्याउन हामीले निरन्तर प्रयास गरिरहेका छौँ।’
अध्यक्ष ओलीले राहत सङ्कलन र वितरणका कार्यमा सरकारको मात्र मुख नताकी एमालेले अन्य सरोकारवाला निकायहरूसँग समेत समन्वय गरेर अघि बढ्न चाहेको स्पष्ट पारे। विपद्को यस घडीमा सबै पक्ष मिलेर जनताको घाउमा मल्हम लगाउनुपर्नेमा उनले जोड दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment