नेपालमा आएको बाढीबारे नेपाल र क्यानडाका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाका परराष्ट्रमन्त्री अनिता आनन्दबीच आज टेलिफोन वार्ता भएको छ।
मंगलबार भएको वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा विनाशका विषयमा छलफल गरेका छन्।
क्यानडाका परराष्ट्रमन्त्री आनन्दले दुःखको यस घडीमा नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी छन्।
त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतका लागि क्यानडा सरकारले उपलब्ध गराएको ५० लाख क्यानेडियन डलर सहयोगप्रति आभार व्यक्त गरे। उनले संयुक्त कोषमार्फत थप १० करोड क्यानेडियन डलर सहयोग गर्ने प्रतिबद्धताका लागि पनि क्यानडा सरकारलाई धन्यवाद दिए।
मन्त्री खनालले बाढीबाट प्रभावित तथा बेपत्ता भएका व्यक्तिको खोजी, उद्धार र राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए। उनले वेपत्ता क्यानडेली नागरिकको खोजी तथा उद्धारका लागि पनि आवश्यक प्रयास भइरहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment