बेलिब्रिज र आपत्कालीन उपकरणसहित चीनले नेपाललाई तेस्रो चरणको राहत सामग्री पठाउने

डिसी नेपाल
१७ भदौ २०८३ १७:१३

काठमाडौं। चीन सरकारले नेपालका आवश्यकताअनुसार चीनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारीसमेत गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारी गरेको जानकारी दिएका हुन्। चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जियाकुनले तेस्रो चरणमा बेलिब्रिज, शव राख्ने बाकस, रोग नियन्त्रणसम्बन्धी सामग्री र आपत्कालीन सञ्चार उपकरणलगायत सामग्री पठाइने बताएका छन्। साथै डिएनए पहिचान विज्ञको अर्को टोलीसमेत नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

यसअघि चीनले नेपाललाई उपलब्ध गराएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार दिउँसो काठमाडौं आइपुगेको थियो। जसमा बेपत्ता नागरिकको पहिचानमा सहयोग गर्न पाँच जना डिएनए पहिचान विज्ञसमेत नेपाल आएका छन्।

चीनले विपद्मा बेपत्ता विदेशी नागरिकको खोजी तथा अन्य विषयमा सम्बन्धित देशका दूतावाससँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका सीमावर्ती बासिन्दा तथा विदेशी नागरिकलाई स्थल र हवाई मार्गबाट व्यवस्थित रूपमा सुरक्षित स्थानतर्फ पठाउने काम भइरहेको छ।

नेपालस्थित चिनियाँ दूतावासले आवश्यकतामा रहेका चिनियाँ नागरिकलाई निरन्तर सहयोग उपलब्ध गराउने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *