भैरहवा मालपोतका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध ४ करोड ५३ लाखको भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१७ भदौ २०८३ १९:०१

काठमाडौं। सरकारी कागजात सच्याएर गैरकानुनी लाभ हासिल गरेको र राज्यलाई हानि पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा (रुपन्देही)का तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गलत लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसहित तत्कालीन नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रलाई प्रतिवादी बनाइएको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुरमा ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरिएको छ। अख्तियारले अभियुक्तहरूसँग सोही बिगोबमोजिमको रकम असुल, जरिवाना र कैद सजायको मागदाबी गर्दै आज मुद्दा दायर गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *