भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

डिसी नेपाल
१८ भदौ २०८३ ११:०९

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीमा आज पनि आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको जनाएको छ।

महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेको र थप वर्षाको सम्भावना कायमै रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली तथा आसपासका स-साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ। आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैगरी महाशाखाले पूर्वी तथा मध्य नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर र चितवन जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत तथा कर्णालीका डोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला र सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका स-साना नदीहरूमा पनि जलसतह बढेर आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सावधान रहन अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *