बाढीमा बेपत्ता नागरिकको कुशको प्रतीकात्मक शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार

डिसी नेपाल
१८ भदौ २०८३ १३:४७

बाढीमा परी लामो समयसम्म बेपत्ता भएका नागरिकको हिन्दू धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

प्राकृतिक विपत्तिका क्रममा बेपत्ता भएका व्यक्तिको वास्तविक शव फेला नपरेपछि सनातन हिन्दू परम्परा र धर्मशास्त्रको मान्यताअनुसार कुशबाट प्रतीकात्मक शव निर्माण गरी अन्तिम संस्कार गरिएको हो।

मृतकका आफन्त तथा परिवारजनले आर्यघाट पुगी धार्मिक विधि, जप र संस्कारसहित उक्त प्रतीकात्मक शवको दहन गरी अन्त्येष्टि सम्पन्न गरेका छन्।

तस्बिरहरू: सक्षम घिमिरे, नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *