उच्च रक्तचापका कारण संसद् बैठकमा ढले कांग्रेस सांसद खड्का, वीर अस्पताल लगियो

डिसी नेपाल
१८ भदौ २०८३ १५:०९

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का प्रतिनिधि सभाको बैठक कक्षमै ढलेका छन्।

संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का अचानक ढलेका हुन्।

खड्का ढलेलगत्तै नजिकै रहेका कांग्रेसका अन्य सांसदहरूले उनलाई उठाएका थिए।

घटनापछि सभामुख डोलप्रसाद अर्यालले केही समयका लागि सांसद शर्मालाई बोल्न रोकी संसद्को ध्यान खड्काको स्वास्थ्यतर्फ मोडेका थिए। स्थिति सामान्य भएपछि सभामुखले पुनः शर्मालाई बोल्न अनुमति दिएका थिए।

सांसद खड्कामा उच्च रक्तचापको समस्या देखिएको उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *