भोटेकोशी बाढी अपडेट : मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन
जनकपुर। भोटेकोशीमा आएको बाढीमा मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु ढकालका अनुसार आजसम्मको उपलब्ध तथ्यांक अनुसार जम्मा सम्पर्कविहीन रहेका प्रदेशभरिका १९९ जनामध्ये ३० जना सम्पर्कमा आईसकेका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
मृत्यु हुनेमा नुवाकोट हाईड्रोपावमा कार्यरत्त सप्तरीका २८ वर्षिय संतोष चोधरी रहेका छन्। उनको सव पहिचान गरी परिवारजनले जिम्मा लिइसहेको प्रवक्ता ढकालले जानकारी दिएका छन्।
प्रवक्ता ढकालका अनुसार अहिलेसम्म सम्पर्कविहीन रहेकामध्ये पर्साका ३८ जना रहेका छन् भने बाराका २३ जना रहेका छन्। त्यस्तै, रौतहटका १३ जना सम्पर्कविहीन रहेका छने भने सर्लाहीका १८ जना रहेका छन्।
त्यस्तै, महोत्तरीका १० जना अझै सम्पर्कविहीन रहेका छन भने धनुषाका ७ जना सम्पर्कविहीन रहेका छन्। त्यस्तै, सिरहाका १२ जना सम्पर्कविहीन रहेका छन् भने सप्तरीका ४७ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्।
हालसम्म सम्पर्कविहीन रहेका जम्मा १९९ जनामध्ये सम्पर्कमा आएका ३० जनाहरुमा पर्साका २ जना, बाराका २ जना, रौतहटका ६ जना, सर्लाहीका ३ जना, महोत्तरीका ७ जना, धनुषाका ७ जना, सिरहाका १ जना र सप्तरीका एक जना रहेको प्रवक्ता ढकालले बताए।
उनका अनुसार प्रदेश प्रहरी कार्यालयले प्रत्येक दिन केन्द्रिय कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रत्यक्ष रुपमा पनि परिवारजनहरुसँग समन्वय गरेर सम्पर्कविहीनहरुको अवस्थाबारे जानकारी लिनेदिने कार्य भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment