त्रिशूली ‘थ्री ए’को सुरुङबाट जीवितै उद्धार गरिएका कविर महर्जनलाई सेनाको हेलिकप्टरबाट छाउनी ल्याइँदै

डिसी नेपाल
१९ भदौ २०८३ १०:२७

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीको १० दिनपछि त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका मेकानिकल इन्जिनियर/सुपरभाइजर कविर महर्जनलाई उपचारका लागि काठमाडौँस्थित नेपाली सेनाको छाउनी अस्पताल ल्याइँदै छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धारलगत्तै स्वास्थ्य उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको हो।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले लगातारको प्रयासपछि १० दिनदेखि सुरुङभित्र फसेका कविर महर्जन र मेकानिकल फोरमेन सञ्जय साहको जीवितै उद्धार गरेको हो।

हेलिकप्टरबाट छाउनी पठाइयो: उद्धार गरिएका महर्जनलाई तत्कालै थप तथा गहन उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित श्री वीरेन्द्र अस्पताल (छाउनी) तर्फ ल्याइएको छ।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको आशङ्का गरिएकाले सुरक्षा निकायको टोलीले उद्धार एवम् खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *